बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह

बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह

Category: विचार | Posted by: admin on July 15, 2025, 2:29 pm (9 months ago)


काठमाण्डौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ‘नेपालको बजेट नेताहरूको नजिक समर्पित हो कि नेपाली जनताको साझा समर्पित हो ?’ भन्दै प्रश्न उठाएका छन् । सरकारले बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरेको उनले आरोप लगाए ।

प्रतिनिधिसभाको आज (शुक्रबार) बसेको बैठकमा आगामी आर्थिक वर्ष 2082/83 का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) को छलफलमा आजपा अध्यक्ष साहले बजेटको वितरण समान रूपमा सबै प्रदेश, क्षेत्र एवं पालिकामा नभएको बताए । हरेक अङ्गको महत्वपूर्ण भूमिका निर्वाह गर्ने एवं मानव विकास सूचकांकमा पछाडि परेको तराई मधेसमा सरकारले बजेट वितरण गर्दा विभेदपूर्ण तरिकाले गरेको उनले बताए ।

उनले १३ वटा संवैधानिक क्षेत्र, प्रदेश, पालिका, वडा हुँदै समान बजेटको वितरण सरकारले नगरेको तथ्य पेश गर्दै यस्तो किन भयो भन्ने प्रश्न उठाए ।

आजपा अध्यक्ष साहले नेपालमा सात सय 53 वटा पालिका रहेको बताउँदै 17 खर्बलाई सात सय 53 ले भाग गर्ने हो भने एउटै पालिकामा 2 सय 23 करोड पर्ने बताए । यदि एक वर्षमा यसरी विनियोजन बजेट पालिकामा जाने हो भने नेपालमा विकासको प्रवाह कसैले रोक्न नसक्ने उनले बताए । तर, एउटै वडा जहाँ 20 करोडको बजेट पुगेको तर मन्त्रिको वडामा 20 अर्बको बजेट गइरहेको उनले बताए । त्यसैले बजेटको समान वितरण हुनु पर्ने अथर्मन्त्री विष्णु पौडेलको विशेष ध्यानाकर्षण साहले गराए ।